सडकका ९५०० वटा खाल्डाखुल्डी पुरेको मन्त्री नेम्वाङको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडकका ९५०० वटा खाल्डाखुल्डी पुरेको मन्त्री नेम्वाङको दावी

basantakumar

काठमाडौं, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खाल्डाखुल्डी पुरेको , मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताउनुभयो । आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।

सुर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको मन्त्री नेम्बाङको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);