कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च

dinanath sharma

काठमाडौं, २० पुस । सांसदहरुले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा नेकपाका सांसद दीनानाथ शर्माले कर्णालीमा २ प्रतिशत भन्दा कम बजेट खर्च भएको बताउनुभएको हो ।

शर्माले सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकशेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उल्लेख गर्नुभयो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताउनुभयो । बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरुले नबनाएरै काम गरेकाले कम खर्च भएको उहाँको भनाई छ ।

संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);