राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता

काठमाडौं, २० पुस । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराउनु भएको छ ।

मनोनयन दर्तापछि नेकपाका उम्मेद्वार वेदुरामा भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताउनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले सरकार अधिनायकवादी तरिकाले अगाडी बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्ष विहिन बनाउने बदनियत राखेकाले शशक्त आवाज उठाउने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशवाट मनोनयन दर्ता गर्नुभएको छ । आगामी फागुन २० राष्ट्रपतिबाट मनोनित १ सहित निर्वाचित १८ सदस्यको कार्यकाल सकिदैछ । राष्ट्रिय सभा सदस्यको पद रिक्त हुनु ३५ दिन अघि निर्वाचन सम्पन्न गर्नुपर्ने सम्वैधानिक प्रावधान रहेको छ ।

ummedbar darta1