न्याय परिषद सदस्यमा निरालाको नाम सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

न्याय परिषद सदस्यमा निरालाको नाम सर्वसम्मत

laxmi bahadur nirala

काठमाडौं, २० पुस । संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ । समितिको आइतवार बसेको बैठकले निरालाबिरुद्ध कुनै पनि उजुरी नपरेपछि उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिवाट नाम अनुमोदन भएसंगै निरालालाई न्याय सिरषद सदस्य बन्ने बाटो खुलेको छ । समितिमा निरालाले निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ । यही पुष ७ गते बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम न्याय परिषद सदस्यमा सिफारिस गर्नुभएको थियो ।

समितिले १० दिनको म्याद दिएर उहाँ विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेनन । समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निरला न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट आफनो नाम अनुमोदन हुनुअघि समितिका सांसदहरुको प्रश्नको जवाफमा आफुले निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै आफुमाथि गरिएको विश्वासलाई असर पर्न नदिने बताउनुभएको थियो ।

बैठकमा समितिका सदस्यहरुले न्यायप्रति जनताको विश्वास घट्दै गएकोमा कुनै पूर्वाग्रह र राजनीतिक भागवण्डा भन्दा टाढा रहेर निष्पक्ष ढंगले न्यायाधीश नियुक्तका लागि सुझाव दिएका थिए ।

निरालाले न्यायाधीश नियुक्तिमा हुने भागवण्डा रोक्ने प्रतिवद्धता जनाउँदै निष्ठापूर्वक काम गर्ने जवाफ दिनुभएको थियो । निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता रहनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);