चितवन, ७ पुस । पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्ने काम भईरहेको छ ।
दिउँसो सडक बन्द गरेर आठ स्थानमा रकनेटीङ, बोल्टिङ र बायो ईन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भईरहेको हो । अहिले उक्त सडक खण्डमा माथि अड्किएका ढुंगा झार्ने काम भईरहेको छ ।
माथिका ढुंगा झार्न अझै दुई हप्ता लाग्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उक्त सडक खण्डमा मंसिर २७ गतेदेखि दिउँसो सडक बन्द गरेर काम भइरहेको हो ।
यही पुस ११ गतेसम्म काम सक्नेगरी काम भइरहेता पनि सम्पूर्ण काम नसकिएको खण्डमा बाँकी काम भने सवारी साधन सुचारु गरेर पनि गर्न सकिने सडक आयोजनाले जनाएको छ ।