प्रदेश सांसदहरुको टोलि लिएर मुख्यमन्त्री पोखरेल पूर्वी रुकुममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रदेश सांसदहरुको टोलि लिएर मुख्यमन्त्री पोखरेल पूर्वी रुकुममा

shankar pokheral

रुकुम, ४ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलोपटक पूर्वी रुकुम पुग्नु भएको छ । बुधबार संघीय सांसद र प्रदेश सांसदहरुको टोलि लिएर मुख्यमन्त्री पोखरेल पूर्वी रुकुमको तकशेरा, मैकोट पुग्नु भएको हो ।

नयाँ संबिधान जारि भएसंगै थपिएको नयाँ जिल्ला पूर्वी रुकुम प्रदेश ५ को हिमाली जिल्ला पनि हो । जिल्लाको २ तिहाई भूगोल ढोरपाटन शिकार आरक्षले ओगटेको यो जिल्ला मानव शुचाकांकमा पछाडी रहेको छ ।

पूर्वी रुकुमको भ्रमण संगै मुख्यमन्त्रि पोखरेलको जिल्ला भ्रमण पनि सुरु भएको छ । तकशेरामा उत्तर गङ्गा गाउँपालिकाको सभा भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले पूर्वी रुकुमको बिकाशकोलागि प्रदेश सरकारले प्राथमिकताको साथ काम अगाडी बढाउने बताउनु भयो ।

पूर्वी रुकुममा पर्ने ढोरपाटन शिकार आरक्षको कारणले प्राकृतिक स्रोत उपभोग गर्न स्थानीयले नपाएको गुनासो सुनेका मुख्यमन्त्री पोखरेलले आरक्ष प्रवेश गर्ने द्वारको रुपमा तकशेरालाई बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै उत्तरगंगा जलबिद्युुत आयोजना अगाडी बढाउनु अघि स्थानीयको माग सम्बोधन गर्ने पनि बताउनु भयो ।

उत्तरगंगा जलाबिद्युत आयोजनाले स्थानीय मगर समुदायको संस्कृति र पर्यावरणलाई अशर गर्ने भन्दै बिरोध हुँदै आएको छ । मुख्यमन्त्री पोखरेलले समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष पुरा गर्न सबै एकजुट भएर लाग्न आह्वान पनि गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);