रामजानकी विवाहपञ्चमी महा-महोत्सवको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रामजानकी विवाहपञ्चमी महा-महोत्सवको तयारी अन्तिम चरणमा

जनकपुरधाम, ४ मंसिर । आगामी मंसिर १५ गते हुने रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारीका लागि बुधबार जनकपुरधाम उपमहानगरपालिकामा भएको बैठकमा सुरक्षा तयारी लगायतका विभिन्न विषयमा छलफल भएको छ ।

बैठकमा नगरप्रमुख लालकिशोर साहले विवाहपञ्चमी महोत्सवलाई सफल बनाउन खानेपानी, विद्युत्, होटल व्यवसायी, प्रहरी प्रसाशन लागयतका सम्पुर्ण पक्षसंग समन्वय भईरहेको बताउनु भयो ।

नगरप्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त बैठकमा धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले शान्ति सुरक्षा उपसमितिले सुरक्षाको लागि तयार रहेको बताउनु भयो ।

उहाँले यस वर्ष विवाहपञ्चमीका अवसरमा २ हजार ३ सय ३० जना नेपाल प्रहरी, एक सय १६ जना ट्राफिक, ७ सात सय ८ जना सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरुले रामजानकी विवाहपञ्चमी महामहोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सल्लाह दिएका थिए । उनीहरुले सो अवसरमा दिपावली मनाउनुका साथै जनकपुरधाममा आउने अतिथिहरुलाई स्वागतमा लाग्न सबै नागरिकले आ–आफ्ना स्तरबाट पहल गर्नुपर्ने धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);