जनकपुरमा १०८ जोडीको सामुहिक विवाहको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरमा १०८ जोडीको सामुहिक विवाहको आयोजना

samuhik bibaha

जनकपुर, १६ मंसिर । विवाह पञ्चमीको अवसरमा जनकपुरमा सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ । धार्मिक सांस्कृतिक संरक्षण तथा दाइजो प्रथालाई उन्मूलन गर्न रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका १४ कभर्ड हलस्थित रामजानकी विवाह मण्डपमा सोमबार १ सय ८ जोडीको विवाहका लागि कार्यक्रमस्थल झकिझकाउ बनाइएको छ । हिन्दू परम्पराअनुसार त्रेतायुगमा भगवान राम र माता सीताले गरेको वैवाहिक संस्कारलाई निरन्तरता दिन विवाहपञ्चमीकै भोलिपल्ट सामूहिक विवाह कार्यक्रम राखिएको हो ।

प्रदेश सरकारको बेटी बढाउ बेटी बचाउ अभियान अन्तरगत पनि यो समुहिक विवाह कार्यक्रममा मुख्यमन्त्री समेतको सहभागीता रहने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);