जिप्रका कपिलवस्तुमा आउने सेवाग्राहीले अब नि:शुल्क पानि खान पाउने ! | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

जिप्रका कपिलवस्तुमा आउने सेवाग्राहीले अब नि:शुल्क पानि खान पाउने !

कपिलबस्तु, १८ जेठ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बढ्दो गर्मीलाई ध्यानमा राखी सेवाग्राहीको सुविधाका लागि खोनपानीको व्यवस्था गरिएको छ । बिभिन्न कामले सदरमुकाम तथा प्रशासन कार्यालय पुग्ने सर्वसाधारण यात्रु तथा सेवाग्राहीलाई खानेपानीको समस्या देखिएपछि कपिलबस्तु जिल्ला प्रशासन कार्यालयमा नि:शुल्क खोनपानीको व्यवस्था गरिएको हो ।

प्रचण्ड गर्मीमा बिशेष गरी बृद्धबृद्धा र बिपन्न बर्गलाई मध्यनजर गर्दै चिसो र स्वच्छ पानीको व्यवस्था गरिएको हो । खानेपानीका लागि पानी प्रशोधन गरी चिसो बनाईराख्ने मेसिनको व्यवस्था गरिएको छ । फिल्टर मेसिनको प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल र कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले उद्घाटन गरेका हुन् ।