गिरिजाप्रसादकै कारण विना रक्तपात गणतन्त्र सम्भव भयो : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गिरिजाप्रसादकै कारण विना रक्तपात गणतन्त्र सम्भव भयो : सभामुख महरा

sabhamukh mahara

काठमाडौं, ७ चैत । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद जस्तो अनुभवी व्यक्तित्वकै कारण विना रक्तपात शान्ति प्रक्रिया र गणतन्त्र संभव भएको बताएका छन् ।

जिपी कोइराला सामुदायिक कलेजले गिरिजाप्रसादको नवौ स्मृति तथा कलेजको छैटौं स्थापना दिवसका अवसरका गरेको कार्यक्रममा महराले गिरिजाप्रसादको बुद्धिमताका कारण बिना रक्तपात राजा दरवार छोडन तयार भएको बताए । उनले कोइरालको योजना अनुसार कृष्ण सिटौला र आफूले राजालाई दरवार छोड्नु एकदिन अघि भेटेर परिस्थिति बताएपछि ज्ञानेन्द्रले राजिखुशी दरवार छोडेको खुलासा गरे ।

महराले कोइरालाका कारण सशस्त्र युद्ध अन्त्य गर्ने माअ‍ोवाद्यी तष्यार भएको भन्दै त्यही कारण लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताए । कार्यक्रममा कांग्रेस नेता गगन थापाले अहिले सरकार र विप्लवका कारण गणतन्त्रमा प्रश्न उठन थालेको बताए । उनले प्रधानमन्त्री संसदप्रति समेत उत्तरदायि नहुँदा उनबाटै लोकतन्त्रमा समस्या आएको बताए ।

जिपी कोइराला मेमोरियल सामुदायिक कलेजले पाँच वर्ष अघि ६ जना विद्यार्थीबाट सुरु गरेर अहिले २१ सय विद्यार्थी पढाइरहेको छ । करिव ३० प्रतिशत विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृतिमा पढाइरहेको कलेजले विद्यार्थी छाज्ञवृति अक्षय कोषमार्फत भविश्यमा कोही पनि पैसा नभएर पढाइबाट बञ्चित हुनु नपरोस भन्ने अभियान समेत सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);