पायल्स रोग जटिल हुँदा क्यान्सर हुन सक्छ, यसबाट बच्न भिडियो हेर्नुहोस् : | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पायल्स रोग जटिल हुँदा क्यान्सर हुन सक्छ, यसबाट बच्न भिडियो हेर्नुहोस् :

health

काठमाडौं, ३० कात्तिक । पायल्स रोग यो एक मलद्वार सबन्धी रोग हो । अरु जस्तै यो रोगका विभिन्न चरणहरु हुन्छन् । मानिसहरुको भिन्न जिवन शैली र खानपनले गर्दा आजकाल धेरैलाई विभिन्न प्रकारको रोग लाग्ने गरेको छ । यस मध्ये पायल्स रोग धेरै मान्छेको समस्याको रुपमा रहेको छ । लाजका कारण धेरै मान्छेले खुलेर परिवर संग कुरा गर्दैनन् । अझ कतिलाई त पाईल्स रोग के हो भन्ने सहित थाहा हुदैन ।

पहिलो र दोश्रो चरणमा निर्धक्क भएर रोगीले यो रोग बारे खुलस्त चिकित्सक संग सल्लाह तथ सुझाव लिई उपचार गरेमा यो रोग पुर्ण रुपले ठिक हुन्छ । तर धेरै मानिसहरु लाज-सरम मानेर आफुले रोग छुपाउनाले जटिल समस्या समेत भई पछि क्यान्सर भएको छ । नेपाली जन-समाजमा परिवार, साथि-भाई ईत्यादि नजिकका मान्छेलाई पनि रोग बारे लुकाएर बस्ने बानी हुन्छ ।

यसका लक्षणहरु:

दिसा गर्दा रगत आउने ।

मलद्वारमा मासु पलाउने ।

दुख्ने, सुन्निने र चिलाउने गर्दछ ।

पायल्स रोगी मध्येको कसैको पिप बग्छ, कसैको अङुरको झुप्प जस्तो पलाएको हुन्छ र रातो सुन्निएको जस्तो हुने गर्दछ ।

रोगिको खानपान अनुसार रगत आउन नि सक्छ न आउन पनि सक्छ ।

पायल्स हुदा खान हुने कुराहरु:

गहुको चोक्करसहितले बनेको रोटी खाने ।

जौ, पुरानो चामल, रहर, मुगुको दाल, तरकारीमा घिरौला, पर्वल, टमाटर, गाजर र पालुङा ईत्यादि खानु पर्छ ।

फलफुलमा = अनार, काचो नरिवल, केरा र अमला ईत्यादि खानु पर्छ ।

खाना संग मुला खाने, नियमित रुपमा मेवा खाने , करेलाको रस,  मोहि, धनियाको रस मिश्री मिलाएर खाने र पानी धेरै पिउने गर्नु पर्दछ ।

पायल्स हुदा खान नहुने खाने कुराहरु:

भारी, तातो, तिखो पिरो, मसालेदार खाने खाना, बासी खाना, मासको दाल, माछा, मासु, अन्डा, चना, अ्इलो भान्टा, आलु, सख्खर, डिब्बा बन्द गरेर राखेका चिजबिजहरु, धेरै चिय-कफि, रक्सी- तमाखु ईत्यादि जस्ता खाने कुराहरु खानु नै हुदैन ।

रोगको अन्तिम अन्तिम अवस्थामा विरामीले दुखाई, पिडा सहनै नसक्ने भए पछि उपचारको लागि जे नजिक अथवा अहिले जलिरहेका ठगि तथा विज्ञापन देखेर त्यहि उपचार गर्नाले आर्थिक रुपमा धेरै पैसा खर्च गरिरहेको हुन्छ र आफ्नो स्वस्थ्यमा पनि हानी पुर्याई रहेको हुन्छ । पायल्स रोग भनेको के हो ? यसका कस्ता कस्ता चरणहरु हुन्छन् ? कुन-कुन चरणमा बिरामीले कस्तो सहनु पर्दछ ? यि पायल्स सम्बन्धी सम्पुर्ण विषयमा लिएर कुरा गर्न हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले सिनियर फिजिसियन तथा क्षारशुत्र विज्ञ हरि शरण अर्याल संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);