टर्कीमा १४७ आईएस संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टर्कीमा १४७ आईएस संदिग्ध पक्राउ

काठमाडौं,१४ चैत्र । टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो ।

उनीहरुबाट ठूलो मात्रामा विदेशी मुद्रा, संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू बरामद गरेको बताइएको छ । संदिग्धहरूले द्वन्द्व क्षेत्रहरूमा सशस्त्र गतिविधिहरू सञ्चालन गरेको प्रहरीले बताएको छ ।

येर्लिकायाले टर्कीले गत वर्षको जुन १ देखि यस वर्षको मार्च २५ सम्म आईएस समूह बिरुद्ध कुल १,३२९ आतंकवाद बिरोधी अभियान सञ्चालन गरेको बताउनु भयो । यि अपरेशनमा २ हजार ९१९ जना संदिग्ध पक्राउ गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);