टर्की प्रहरीद्वारा ३३ जना आईएस संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टर्की प्रहरीद्वारा ३३ जना आईएस संदिग्ध पक्राउ

एजेन्सी,२८ फागुन । टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आईएस) समूहका ३३ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।

संदिग्धहरूले “आगामी स्थानीय चुनावअघि कारबाहीको तयारी गरिरहेका थिए । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको छ । संदिग्धहरूले कथित रूपमा द्वन्द्व क्षेत्रहरूमा लडाकुहरू भर्ती गर्दै थिए । प्रहरी टोलीले छापा मार्दा हातहतियार, नगद र संगठनात्मक कागजात बरामद गरेको उनले बताए ।

गत जनवरीमा इस्तानबुलको एउटा चर्चमा आइएसका आतङ्ककारी समूहले आक्रमण गरेपछि टर्कीले आइएस आतङ्ककारीहरू बिरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);