टर्की प्रहरीद्वारा १७ जना आईएस संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

टर्की प्रहरीद्वारा १७ जना आईएस संदिग्ध पक्राउ

काठमाडौं,३ मंसिर । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।

पुलिसले आइएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीहरूलाई लक्षित गरी नौ जिल्लाहरूमा छापा मारेको इहलासले बताएको छ । उनीहरूले १७ संदिग्धलाई नियन्त्रणमा लिएका छन् भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएका छन् ।

टर्किले २०१३ मा आईएसलाई आतंककारी समूहको रूपमा सूचीवद्ध गरेको थियो । चरमपन्थी समूहले धेरै पटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले देश र विदेशमा आतंकवाद विरोधी अभियानहरू शुरु गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);