टर्की प्रहरीद्धारा १८९ आईएस संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

टर्की प्रहरीद्धारा १८९ आईएस संदिग्ध पक्राउ

एजेन्सी, १६ पुस ||
टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ । यो अपरेशन सबै प्रान्तहरूमा एकसाथ गरिएको थियो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारे जानकारी गराउनुभएको हो । अधिकांश संदिग्धलाई राजधानी अंकाराबाट पक्राउ गरिएको थियो । एकै समयमा देशको सबैभन्दा धेरै जनसंख्या भएको शहर इस्तानबुलमा २२ जनालाई पक्राउ गरिएको थियो । टर्की सरकारले २०१३ मा इस्लामिक स्टेटलाई आतंकवादी संगठन तोकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);