टर्की सुरक्षा बलद्वारा आईएसका २८ जना संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टर्की सुरक्षा बलद्वारा आईएसका २८ जना संदिग्ध पक्राउ

एजेन्सी,१२ माघ । टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) सँग संवद्ध २८ संदिग्धलाई पक्राउ गरेको छ । संदिग्धहरूलाई देशका नौ प्रान्तहरूमा अपरेशनका क्रममा पक्राउ गरिएको हो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी गराउनुभएको छ ।

उनीहरुको साथमा प्रहरी टोलीले एकैसाथ छापा मार्दा ठूलो परिमाणमा विदेशी मुद्रा र टर्की लिरा बरामद गरेको बताउनु भयो । उक्त अपरेसन साकारिया, डेनिजली, अंकारा, अडाना, डुज्से, बुर्सा, गाजियन्टेप, इस्तानबुल र यालोभा प्रान्तमा सञ्चालन गरिएको बताउनु भयो । टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो ।

गत वर्षको डिसेम्बरमा, टर्कीका खुफिया र सुरक्षा बलहरूले टर्कीको दक्षिणपूर्वी प्रान्त मर्सिनमा एक अपरेशनमा समूहको आर्थिक जिम्मेवारीमा एक शीर्ष आईएस आतंककारीलाई पक्रेका थिए । सिरियासँगको टर्कीको दक्षिणी सीमा २०११ मा सिरियामा युद्ध शुरु भएदेखि सिरियाली र विदेशी लडाकुहरूको लागि महत्वपूर्ण क्रसिङ पोइन्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);