घरबाटै चोरिए ८ महिने शिशु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

घरबाटै चोरिए ८ महिने शिशु

baby

महोत्तरी, ११ भदौ ।महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ ।

औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आइतबार घरबाटै चोरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए । केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ । बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);