एजेन्सी, २८ जेठ । ब्राजिलले विश्वकपअघिको मैत्रीपूर्ण खेलमा शानदार प्रदर्शन गरेको छ ।
ब्राजिलले गएराति अष्ट्रिया विरुद्धको खेलमा ३–० को जित दर्ता गरेको छ । अष्ट्रियाको भियनामा भएको खेलमा ब्राजिलका लागि ग्राबियल जिसस, नेइमार र फिलिप काउटिन्होले एक एक गोल गरे । जिससले खेलको ३६ औं मिनेटमा गोलको खाता खोलेकामा नेइमार र काउटिन्होले दोस्रो हाफमा गोल गरेका हुन् ।
नेइमारले खेलको ६३ औं र काउटिन्होले त्यसको ६ मिनेटपछि गोल गरे । ब्राजिल र अष्ट्रियाको खेलसँगै विश्वकपअघिका मैत्रीपूर्ण खेल सकिएका छन् ।