प्रतिनिधि सभा महाअभियोगसम्बन्धी प्रावधानबारे विज्ञहरुसँग छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रतिनिधि सभा महाअभियोगसम्बन्धी प्रावधानबारे विज्ञहरुसँग छलफल हुने

काठमाडाैं । सांसदहरुले प्रतिनिधि सभामा महाअभियोगसम्बन्धी प्रावधानबारे विज्ञहरुसँग परामर्श गरी टुंगो लगाउने भएका छन्।  सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकले कानूनविद, संविधानविद् र संसदीय अभ्यासकर्ताहरुसँग छलफल गरी सो विषयलाई टुंगोमा पुर्याउने निष्कर्ष निकालेको हो ।

महाअभियोग लागेका व्यक्तिहरुलाई छिटो न्याय हुनेगरी सो प्रावधानको व्यवस्था गर्नका लागि विज्ञहरुसँग आवश्यक परामर्श लिएर मात्रै टुंगोमा पुग्ने निर्णय गरिएको समितिका सभापति गणेश पराजुलीले जानकारी दिनुभयो । एउटा प्रतिनिधि सभाले टुंगो नलगाएको महाअभियोगसम्बन्धि प्रस्ताव अर्को प्रतिनिधि सभाले टुंगो लगाउने विषयमा केन्द्रित भएर समितिमा छलफल गरिएको हो ।

समितिमा संसदका विषयगत समितिको गठन प्रक्रियाका विषयमा पनि छलफल गरिएको छ ।  प्रतिनिधि सभाको गत चैत्र २३ गते बसेको बैठकले नयाँ नियमावली तर्जुमा गर्नका लागि पराजुली संयोजक रहनुभएको १५ सदस्य मस्यौदा समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा डा. ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निषा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, डा. सुलभ खरेल रहनुभएको छ । समितिले कार्य प्रारम्भ भएको १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि