सुन प्रकरण : उम्किएकाहरु नै फेरि तस्करीमा ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुन प्रकरण : उम्किएकाहरु नै फेरि तस्करीमा !

gold-baramad

काठमाडौं, १५ जेठ । डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्धा चलाईएन ।

मुद्धाका प्रतिवादी सुचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत बर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ ।

२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);