४ केजी अफिम सहित मकवानपुरका ३ युवा दक्षिणकालीबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

४ केजी अफिम सहित मकवानपुरका ३ युवा दक्षिणकालीबाट पक्राउ

काठमाडौं, ६ चैत । चार केजी अबैध लागू औषध अफिम सहित मकवानपुरका ३ जना युवा काठमाडौंबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी लागू औषध अफिम सहित मकवानपुरका ३ जनालाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको जनाएको छ ।

मकवानपुर ज्यामिरेका २९ वर्षीय सोमबहादुर तितुङ, रानीशेराका ३० वर्षीय बज्रबहादुर भोम्जन र शिखरकटेरीका २६ वर्षीय प्रेमबहादुर थिङलाई लागू औषध अफिमसहित पक्राउ गरिएको व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले जानकारी दिए ।

तितुङको साथबाट २ केजी तथा भोम्जन र थिङको साथबाट १/१ केजी अफिम बरामद गरिएको व्यूरोद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सोमबार साँझ ६ बजे विशेष सूचनाका आधारमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु गरिएको व्यूरो प्रमुख राईले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);