पीडामा बाढी पिडित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पीडामा बाढी पिडित

बासुदेव बडु । ३ असार दार्चुला । महाकाली नदीमा भिषण बाढी आएको ४ वर्ष पुरा भैसकेको छ । तर, त्यतिबेलाको बाढीका कारण विस्थापित भएका पीडितहरुको अवस्था हेर्ने हो भने अहिले पनि जस्ताको त्यस्तैनै छ । सरकारले विगत ३ वर्ष अगाडि बाढी पीडितहरुलाई क्षतिपूर्ति दिन र पुनस्र्थापन गर्न लागि आर्थिक सहायता दिने निर्णय गरेको भएता पनिउक्त निर्णय कार्यान्वयन नहुँदा पीडितहरुको अवस्था दयनीय बन्न पुगेको हो ।

पीडामा बाढी पिडित

बासुदेव बडु । ३ असार दार्चुला । महाकाली नदीमा भिषण बाढी आएको ४ वर्ष पुरा भैसकेको छ । तर, त्यतिबेलाको बाढीका कारण विस्थापित भएका पीडितहरुको अवस्था हेर्ने हो भने अहिले पनि जस्ताको त्यस्तैनै छ । सरकारले विगत ३ वर्ष अगाडि बाढी पीडितहरुलाई क्षतिपूर्ति दिन र पुनस्र्थापन गर्न लागि आर्थिक सहायता दिने निर्णय गरेको भएता पनिउक्त निर्णय कार्यान्वयन नहुँदा पीडितहरुको अवस्था दयनीय बन्न पुगेको हो ।

महाकाली नदीमा भिषण बाढि आएको ४ वर्ष वितिसकेको छ । विं सं २०७० साल असार २ गते महाकाली नदीमा भिषण बाढी आएको थियो । उक्त बाढीको कटानले झण्डै ४ सय घरधुरी क्षति हुन पुगेको थियो भने,करिब २ हजार मानिस बाढिबाटविस्थापित हुन पुगेका थिए । तर, हालसम्म पनि यहाँका बाढी पीडितको अवस्थाजस्ताको तस्तै छ  । २०७१ साल जेठ ८ गते बसेको मन्त्रिपरिषदको बैठकले बाढी पीडितहरुलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले बाढी पीडितहरुलाई पनि भूकम्प पीडित सरहनै अनुदानको व्यवस्था गर्ने जनाएको थियो । तर यि सबै निर्णयहरु कागजमा मात्रै सिमित हुँदा विगत ४ वर्षदेखि बाढि पीडितहरु सुकु्म्बासी झै टहरामा जीनव काट्न बाध्य छन् ।

बाढीको कटानले गर्दा महाकाली आसपासका दार्चुलाका खलंगा, धाप, डस्तु, उकु र लाली लगायतका बासिन्दाहरु प्रभावित भएका थिए । लामो समयसम्म पनि सरकारलेवास्था नगरेपछि , दार्चुलाको सदरमुकाम खलंगाबाट कतिपय बाढीपिडितहरु विस्थापित भइसकेका छन् ।

स्थानीय बाढी पीडित देवसिंह कार्की र नैनसिंह कुँवरको बाढीले गर्दा २०७० सालमै हृदयधातका कारण  मृत्यु भएको थियो । सरकारले गरेको निर्णय ४ वर्ष वितिसक्दा समेत कार्यान्वयन नभएको अवस्थामा स्थानीय पीडितहरु निकै नै निराश छन । तर, पनि उनीहरुले स्थानीय तहको निर्वाचनमा कुनै राजनीति दलले धोषणापत्र मार्फत आफ्ना समस्यालाई सम्बोधन गर्छन की भनेर झिनो आशा राखेका छन ।

महाकाली नदी बाढी पिडित संघर्ष समितीका सचिव रधुविर सिह ठगुन्नाकाले बाढि पिडितको राहात तथा क्षतिपुर्तिको माग गर्दै विभिन्न नेताहरु समक्ष धाए तापनिकसैले आफुहरुको गुनासो नसुनेको बताउनु भयो ।

४÷४ वर्षसम्म पिडितले राहातका लागि हारगुहार गदाए समेत कान मान तेल हालेर बसेका तिनै राजनीतिक दलहरुले अहिले स्थानीय तहको निवार्चन नजिकिएसगै आफूले जिते पहिलो प्राथमिकता बाढि पिडितलाई दिने प्रतिवद्धता व्यक्त गरेका छने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);