मरेपछि पनि कोही नभएकाहरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

मरेपछि पनि कोही नभएकाहरु

फुलमाया आले । ३ असार, काठमाडौं । वेवारिसे शव व्यवस्थापन तथा पुनर्जिवन केन्द्र नामक संस्थाले का संस्थापक विनयजंग बस्नेतले अहिले अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवलाई आफ्नै खर्चमा दाहसंस्कार गर्ने गरेका छन् । ३ वर्षयता उनले ४६ भन्दा बढी बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । बेवारिसे शवको दाहसंस्कारसँगै बाटोमा देखिएका बिरामी पनि अस्पताल पु¥याएर उनले उपचार गरिदिने गरेका छन् ।

मरेपछि पनि कोही नभएकाहरु

फुलमाया आले । ३ असार, काठमाडौं । वेवारिसे शव व्यवस्थापन तथा पुनर्जिवन केन्द्र नामक संस्थाले का संस्थापक विनयजंग बस्नेतले अहिले अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवलाई आफ्नै खर्चमा दाहसंस्कार गर्ने गरेका छन् । ३ वर्षयता उनले ४६ भन्दा बढी बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । बेवारिसे शवको दाहसंस्कारसँगै बाटोमा देखिएका बिरामी पनि अस्पताल पु¥याएर उनले उपचार गरिदिने गरेका छन् ।

मानिस जब आफन्तबाट टाढा हुन्छ । बाँचुन्जेल त उसँग कोही पनि हुदैनन् नै मरेपछि पनि उसको शवको दाहासंसकार गर्ने कोही हुन्न । यस्तै वेवारिसे शवहरुलाई आफन्त सम्झी दाहासंस्कार गर्ने गरेका छन—वेवारिसे शव व्यवस्थापन तथा पुनर्जिवन केन्द्रका संस्थापक अध्यक्ष विनयजंग बस्नेतले । उनले ३ वर्षयता हालसम्म ४६ वटा भन्दा बढी वेवारिसे शवको आफैले दाहासंस्कार गरिसकेकाछन् । २ वर्षभन्दा बढी समय एक्लैले काम गर्दै आएका थिए । उनले यो संस्था ९ महिना अगाडि दर्तागरि मुलुकभरको शव जलाउने अनुमति पाएको बतटाउनु भयो । शुक्रबार उनले ललितपुर महानगरको सहकार्य गरी प्रहरी रिपोर्ट तयार पारी पाटन अस्पतालको शवगृहमा रहेका बेवारिसे २ वटा शवको सामूहिकदागबत्ती दिएका छन् । उनी यस कार्यमा लाग्नुको कारण १२ वर्षअघि सवारी दुर्घटनमा मृत्यु भएका उनका बुबा श्यामबहादुरलाई शिक्षण अस्पतालको शवगृहमा बेवारिसे शवको थुप्रोमा भेटाएका थिए । बस्नेत बेवारिसे शवको व्यवस्थापनमालाग्नुको रहस्यपनि बेग्लै छ  बुबासँगै अन्य बेवारिसे शवकुहिएको देख्दा उनको मन छट्पटियो र त्यति समयदेखि उनले बेवारिसे शवको व्यवस्थापनगर्ने प्रण गरेको बताए ।

बस्नेतले शवजलाउनलागि रकम जुटाउन साथीभाइसँगसहयोग माग्ने र आफूसँगभएको थपथाप गरी जलाउने बन्दोबस्त मिलाउने गरेको बताए । अहिले महानगरपालिकासँग समन्वय गरी उनले बेवारिसे शवव्यवस्थापनगर्दै आएका छन् । साथै उनले लागूपदार्थको कुलतमा फसेकायुवालाई सल्लाह सुझाब दिने गरेको उनले जानकारी दिए । उनको उद्देश्यकुलतमा फसेकालाई नयाँजीवनदिनु र बेवारिसे अवस्थामा रहेका व्यक्ति तथा शव लाई व्यवस्थापन गर्ने रहेको बताए ।

मानिस जब आफ्नो घर परिवार तथा आफन्तबाट टाढिन पुग्छन।  वेवारिसे अवस्थामा पुग्छन्  । त्यसैले निस्वार्थ भावनाका साथ यदि बस्नेत जस्ता व्यक्तिले लोक कल्याणकारी काम गर्न तयारछन् भने सरकारले त्यसमा साथ दिनु अनिवार्य छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);