२४ थान नक्कली नोटसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

२४ थान नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं,१३ पुस । २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

गोकर्णेश्‍वर नगरपालिका४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);