सूर्य दर्शन सहकारीका उपाध्यक्ष एवं लिखु तामाकोसीका–७ का वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सूर्य दर्शन सहकारीका उपाध्यक्ष एवं लिखु तामाकोसीका–७ का वडाध्यक्ष पक्राउ

काठमाडौं, १३ पुस । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष कैलाकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रकम ठगीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष दर्लामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दर्लामी गाउँ छाडेर काठमाडौँमा बस्दै आएका थिए । वडा अध्यक्ष दर्लामीले यसअघि नै पटक–पटक सामाजिक संजाल फेसबुक मार्फत आफ्नो विरुद्ध झुटो प्रचार गरिएको दाबी गर्दै आफूले सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको उल्लेख गरेका थिए । साथै उनले उक्त सहकारीसँग कुनै सम्बन्ध नरहेको पनि बताउँदै आएका थिए ।

प्रहरीले पक्राउ गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष दर्लामीलाई काठमाडौँबाट पोखरा लगेको छ । कास्की प्रहरीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेका पालिकाको प्रवक्ता समेत रहेका दर्लामी सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू मध्ये संस्थाका कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन् ।

प्रहरीले सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जिबी)राईसहित वर्तमान सञ्चालक समिति, पूर्व सञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना फरार छन् । जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);