हातहतियारसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हातहतियारसहित २ जना पक्राउ

ताप्लेजुङ,११ पुस । विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान,  एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);