नेपाल अल्पविकसित मुलुक रहीरहनु, शिक्षालाई प्राथमिकता नदिनु होः पूर्वसभामुख ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाल अल्पविकसित मुलुक रहीरहनु, शिक्षालाई प्राथमिकता नदिनु होः पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढंगानाले नेपाल अल्पविकसित मुलुक बनिरहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताउनुभएको छ ।

मंगलवार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक विद्यालयमा नतिजा राम्रो नहुनु र निजी विद्यालयमा मात्रै विद्यार्थीको आकर्षण बढ्नु भनेको सरकारले सामुदायिक विद्यालयहरुलाई हेर्ने नजरमा विकास हुन नसक्नु रहेको बताउनु भयो । उहाँले अहिले पनि शिक्षा क्षेत्रमा सरकारको आवश्यक ध्यान जान नसकेको बताउनु भयो । उहाँले देशको शिक्षा क्षेत्रलाई उठाउन नसके देश उठाउन नसक्ने बताउनु भयो ।

पूर्वसभामुख ढुंगानाले देश विकास भनेकै समाज रुपान्तरण रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);