सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा र किराना सामान प्रहरीले बरामद गरेको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको हो ।

सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);