सन्दीपका साथी देव खनालले पनि जवाफ दिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सन्दीपका साथी देव खनालले पनि जवाफ दिनुपर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंले सो मुद्दामा मंगलबार तीनवटा आदेश गरेको छ । किशोरीको जन्म वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको दावी प्रतिवादीका तर्फबाट गरिएको छ ।

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको र त्यहाँ उनको आमाको नाम उल्लेख गरी छोरीको जन्म भएको भनेर रहेको दावी गरेका छन् । मंगलबारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ ।

जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ । त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ । मंगलबारको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);