सन्दीपको मुद्दा न्यायाधीशद्धय पौडेल र पोखरेलको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपको मुद्दा न्यायाधीशद्धय पौडेल र पोखरेलको इजलासमा

काठमाडौं । किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको आज पेसी छ । लामिछानेको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्धय सुुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको हो ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका लामिछानेको मुद्दाको बहस हुने र आजै फैसला आउन सक्ने स्रोतले जनाएको छ ।

गत साता नै पेसी तोकिएको भएपनि सन्दीप पक्षका वकिलहरुले नै स्थगित गरेका थिए । पीडित किशोरीको जन्मसम्बन्धि प्रमाण जुटाउन गत पुस १२ गते काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

पीडित किशोरी नाबालिग भनिएपनि किशोरी १८ वषै नाघेको सन्दीप पक्षका वकिलहरुले दाबी गर्दै आएका छन् । अदालतले क्रिकेटर दव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाएर बकपत्र गराउन पुस २५ गतेसम्मको समय दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);