क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा

sandeep lamichhane

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजको लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ ।

उच्च पाटन उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोेच्चमा पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै हिजो सर्वोच्चमा निवेदन दिएका छन् । दुवै निवदेनलाई सँगै राखेर एकैपटक सुनुवाई हुनुुपर्ने सन्दीपका वकिलहरुको माग छ ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);