सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज

काठमाडौं । किशोरी बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाईको आज पेशी छ ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाईको पेशी आजलाई तोकिएको हो ।यस अघिको पहिलो पेशी सन्दीप पक्षका कानुन व्यवसायीहरुले स्थगित गरेका थिए । दोस्रो दिन हेर्न नभ्याइनेमा राखिएको थियो ।

सन्दीपलाई गत असोज २० गते पक्राउ गरेर काठमाडौं जिल्ला अदालतले फैसला नहसुन्जेलसम्मका लागि थुनामा पठाउने आदेश दिएको थियो । सन्दीपले भने थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका छन् ।

सन्दीपको पक्षमा क्रिकेटरहरु बोल्न थालेका छन् । बुधबार शरद भेषावकर र आरिफ शेखले सामाजिक सञ्जालमार्फत सन्दीपले न्याय पाउनुपर्ने माग गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);