विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदनको पेसी १२ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदनको पेसी १२ गते

sandeep

काठमाडौं, ८ फागुन । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट विदेशमा खेल्न पाउनुुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको पुनरावेदनको १२ गते पेशी तोकिएको छ । सन्दीपले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए । राष्ट्रिय टिमबाट विदेशमा खेल्न सर्वोच्चको फैसलाले अवरोध गरेसँगै उनले एकसाता अघि पुनरावेदन गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएपछि उनी सो फैसलाको विरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतको आदेशसँगै सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । तर उनलाई विदेश जान भने रोक लगाइएको छ । उनको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);