रास्वपाले किन राख्न खाज्यो सिंहदरबारमा छुुट्टै कार्यालय ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रास्वपाले किन राख्न खाज्यो सिंहदरबारमा छुुट्टै कार्यालय !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिंहदरबारमा छट्टुै संसदीय दलको कार्यालयको व्यवस्था गर्न माग गरेको छ ।

गत मंसिरबाट आएका नयाँ दलहरुलाई हेलो सरकार बस्दै आएको संसदीय दलको कार्यालयमा व्यवस्थापन हुँदै आएकोमा रास्वपाले गोपनियताको कारण देखाएर छुट्टै कार्यालयको माग गरेको हो ।

रास्वपा, जनमत, राप्रपा, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरु सोही भवनमा कार्यालय राखेका छन् ।

रास्वपाले पुराना पार्टीलाई झै आफ्नो पार्टीलाई पनि छुट्टै कार्यालय राख्न खोजेको हो ।

नयाँ पार्टीहरु एकैस्थानमा भएकोले गोपनियतालगायतका कारणले छुट्टै कार्यालय आवश्यक भएको रास्वपा संसद सचिवालयले उल्लेख गरेको छ ।

त्यसो त नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी पछि रास्वपा चौथो दल हो ।

चौथो दलको आधारले पनि पार्टीले नयाँ पार्टीसँग एकैस्थानमा नभई छुट्टै स्थानमा राख्नुपर्नेमा जोड दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);