पूर्व-पश्चिम राजमार्गस्थित बाराकाे जंगल : 'अघोषित रेडलाइट एरिया' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्व-पश्चिम राजमार्गस्थित बाराकाे जंगल : ‘अघोषित रेडलाइट एरिया’

बारा बारामा पूर्व-पश्चिम राजमार्गको निजगढ-पथलैया र पथलैया-अम्लेखगञ्ज सडकखण्डको जंगलमा देह व्यापार फस्टाउँदै गएको छ । कम आय भएकाहरू महिलाहरू दाउरा घाँसको बहानामा विभिन्न स्थानबाट आएर राजमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुने गरेको पाइएको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लोसमय देह व्यापार गर्ने महिलाहरूको संख्यासमेत बढ्न थालेको छ । वन क्षेत्र प्राय: सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिन प्रतिदिन देह व्यापार गर्ने महिलाहरुको सख्या समेत बढेको हो । पूर्व-पश्चिम राजमार्गका कारण उनीहरूका ग्राहक प्राय: सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

यौन व्यवसायी महिलाहरूले कमजाेर आर्थिक अवस्थाका कारण  यौन व्यवसायमा लाग्नु परेकाे बताउँछन् ।  दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका महिला आफ्ना सन्तानकाे पालनपाेषण, शिक्षादीक्षाका लागि पनि देह व्यापार संलग्न भएका छन् ।

श्रीमानले छोडेको तथा दिनभरि ज्याला मजदुरी गर्दासमेत उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्थासमेत कमजोर भएकै कारण देह व्यापारमा लाग्नु परेकाे उनीहरुको गुनासाे छ । आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बाध्य भएको र यही पेसाबाट घर परिवारको पेट पाल्नकै लागि भए पनि देह व्यापार गर्ने गरेको उनीहरुको भनाइ छ ।

सडकको विभिन्न ठाउँहरूमा बसेर महिलाले खुलेआमा ग्राहकहरूसँग बाग्रेनिङ गरिरहेकाे देखिन्छ ।  देह व्यापारीहरूको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । खुलमखुल्ला देह व्यापार र अनैतिक कार्य हुने गरेपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले समेत चासाे देखाएकाे छ ।

वन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वनभित्र लुक्नेगर्छन् । प्रहरीले सुरुमा पटक पटक सम्झाएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । तर, सम्झाउँदासमेत राजमार्गकाे देह व्यापार नराेकिएपछि प्रहरीकाे नियन्त्रणमा लिने प्रयास सफल नभएकाे थापाले बताए ।

राजमार्गमा देह व्यापार नराेकिएपछि पछिल्लो समय निजगढदेखि अम्लेखगञ्जको सडकखण्डलाई ‘अघोषित रेड लाइट एरिया’ नै भनेर चिनिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);