बाजुरामा वडा अध्यक्षमाथि निर्घात कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बाजुरा, ३ मंसिर। बाजुरास्थितद बढीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले कुटपिट गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ। कुटपीटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ।

महतले नेपाली काँग्रेसका कार्यकर्ताले आफुमाथि योजनाबद्व ढंगले आक्रमण गरेको हुनसक्ने आशंका गरेका छन्। २ जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतको भनाई छ।

महतको जिल्ला अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);