टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र

महोत्तरी । औरही नगरपालिका–९ अग्लेशराका भकती ठाकुर खाना गत बिहीबार खानै लाग्दा छिमेकी रामकिला देवीले चार्को स्वरमा बाहिर बोलाइन । के भएछ भन्दै ठाकुर निस्केका मात्र थिए रामकिला देवीसँगै आएका उनका छोरा राम उदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासी आक्रमण गर्न थाले । कसैले लाठी बर्साउन थाले, कसैले मुक्का प्रहार गरे । उनीहरू सबै मिलेर भकतीलाई गिलासमा ल्याएको मलमुत्र जबर्जस्ती खुवाए ।

५० बर्षीय भकती ठाकुर लोवारलाई यतिबेलासम्म के भइरहेको छ भन्ने थाहा थिएन । तर भिडबाटै रामकिलाले भकतीमाथि टुनामुना गरेर आफ्ना पतिको हत्या गरेको र छोरा सडक दुर्घटनामा परेको आरोप लगाइन । पतिको हत्या र छोरालाई टुनामुना गरेर घाइते बनाएको आरोपमा रामकिला देवीले भकतीको घरमै पुगेर मलमुत्र खुवाएको पीडित पक्षले बताएका छन् ।

पीडितको मौखिक उजुरीको आधारमा घटनामा सम्लग्न रामकिला देवीलाई प्रहरीले आज पक्राउ गरेको छ भने फरार रहेकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । ‘पीडितहरूले मौखिक उजुरी गरेका छन् र उजुरीको आधारमा अनुशन्धान अगाडि बढाएका छौं,’ उनले भने ।

पीडित भकती ठाकुरको अँखामा चोट लागेको छ । आक्रमणकारीलाई रोक्न खोज्दा ठाकुरकी भाउजू सुमौली देवीमाथि पनि हातपात र कुटपिट भएको छिमेकीहरूको भनाइ छ । पीडितहरूले आज (शुक्रबार) बिहानै जिल्ला प्रहरी कार्यालय जलेश्वरमा मौखिक उजुरी दिए पनि घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);