काठमाडाैं । हाम्रो देशमा अधिकांश जनता कुन न कुनै समुहमा आवद्ध छन। नागरिकहरु संगठित हुनु आफैमाराम्रो कुरा हो। तर परोक्ष रुपमा जे भए पनि प्रत्यक्ष रुपमा भने देसको जनसख्याको ठूलो हिस्सा नेताहरुको चाकरीमा व्यवस्त छ। गाँउ गाँउ र टोल टोलमा संगठनहरु खुलेका छन। समितिहरु छन।
एकै व्यक्ति दश वटा समितिमा आवद्ध छ। उनीहरु दिनभरि जसो विचिन्न समितिमा व्यस्त छन। यहा सम्म कि देसमा गरिखाने वातावरण छैन भन्दै विदेसिएका नेपालीहरु विदेसमा पनि अनेक संगठन र समिति खोलेका छन। नेपालीहरु विदेसमा राजनीतिक दलपिक्षे संगठन खोलेर बसेका छन।
देसमा गरिखाने सम्भावना प्रचुर छ तर हाम्रो युवा वर्गलाई उत्पादनसि क्षेत्रमा लाग्ने फुर्सद छैन। उनीहरु कहा जुलुस जानु पर्छ, कहा धर्ना गर्न जानु पर्छ। कहा ढुंगामुढा गर्नु प¥यो। नेताको पक्षमा शक्ति प्रदर्शन गर्न रातारात जमघट गर्न सक्छन।
आफुसँग गरिखाने ल्याकत छैन। नेतृत्वले दिएको चारोमा चित्त बुझाउनु पर्ने अबस्था छ। जसको खाना उसको बजाना भने जस्तै देसको युवावर्ग झोले जिम्मेवारी गौरवका साथ ग्रहण गरिरहेको छ। यो नै देसको विडम्बना हो।
हाम्रो देसको माटोमा जहा हात हाले पनि सुन फलाउन सक्ने क्षमता छ। एक दिन काम गरे एक महिना खान पुग्छ। तर यस्ता सम्भावना तर्फ युवा वर्गको ध्यान जान सकेको छैन। देसको उर्जासिल युवावर्ग केवल कोरा राजनीतिमा सर्मपीत छ। काम नगरि विलासी जीवन विताइरहेका अगुवा राजनीतिकर्मी बाट प्रभावित आजको नेपाली युवावर्ग आफु पनि काम नगरि धनी हुने सपना देखिरहेको छ।
समितिहरु अधिकार प्राप्त गर्न र समाजीक रुपमा जन चेतना जगाउनका लागि जरुरी छन। तर अधिकार मात्र प्राप्त गरेर उत्पादनसिल क्षेत्र विर्सियो भने कसैको पनि जीवन स्तर सुधार हुन सक्दैन। जीवन स्तर सुधार हुनका लागि सबैको ध्यान उत्पादनसिल क्षेत्रमा हुन जरुरी छ।
विभिन्न समिति बनाएर स्वघोषित बनेका अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुले काम नगर्ने हो भने देसको ठूलो सचेत वर्गको श्रम निरर्थक रुपमा अनुत्पादक क्षेत्रमा खर्च हुने छ। यसमा कसैको पनि दुइ मत नहोला।
धेरैको भनाइ छ नेताहरु निरंकुस भए भन्ने। त्यो वास्तवीकता पनि हो। किनभने नेताहरु जहिले पनि आफ्नो पक्ष पोषण गर्नेहरुको खोजिमा हुन्छन। तर जनता पनि त्यस्तै भइदिने हो भने नेताहरुले आफ्नो धरातल विर्सिने अबस्था आउछ।
आफ्नो स्वार्थ पुरा भयो भने नेताहरुलाई भगवान ठान्ने आफ्नो स्वार्थ पुरा भएन भने तल्लो स्तरमा झरेरै गाली गर्ने खराव प्रवृतिले स्वार्थ परक युवावर्ग देसका लागि नै बोझ बन्न सक्छ। त्यसैले सवै राजनीतिक कार्यकर्ताहरुले झोले प्रवृतिबाट मुक्त हुदै उत्पादनसिल क्षेत्रमा आफ्नो ध्यान केन्द्रित नगरे सम्म देसको राजनीतिक र आर्थिक क्षेत्रमा सुधार आउन सक्दैन।