एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए

काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेर २३ सदस्यीय बनाएको छ,’ ज्ञवालीले भने । स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक छन् । समितिले नारायणी नदी किनारमा महाधिवेशन खुला सत्र गर्ने र सौराहमा बन्द सत्र गर्ने तय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);