काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।
सोमबारबाट पुनः सक्रिय भएको कार्यदल बैठक आज पनि बसेको हो ।
यसअघि मंगलबार बसेको बैठकमा सोमबारभन्दा सुधार भएको र समाधानतर्फ लागेको कार्यदलका सहभागी नेता गोकर्ण विष्टले बताएका थिए ।
गत जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष ओलीको तर्फबाट नेता सुवास चन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।