अखण्ड सौभाग्य प्रप्तिका लागि वट सावित्री ब्रत | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

अखण्ड सौभाग्य प्रप्तिका लागि वट सावित्री ब्रत

काठमाडौं । हिन्दू धर्मालम्बीका लागि अति पवित्र मानिने वट सावित्री व्रत आज विवाहिता महिलाहरूले बरको रूखमूनि सावित्रीको मूर्ति स्थापना गरि पूजा अर्चना गरि मनाएका छन् । यो ब्रत त्रयोदशीको दिनदेखिनै एकछाक चोखो खाई आरम्भ गरिन्छ ।

आजको दिन बरको रुखमुनी सावीत्रीको मूर्ती स्थापना गरि पूजा अर्चना गरि सवित्रिको उपासना गरिन्छ । ब्रतले अखण्ड सौभाग्य प्राप्ति, गुण सम्पन्न र दीर्घजीवी सन्तान प्राप्तिका हुने शास्त्रिय मान्यता रहेको नेपाल पचाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनु हुन्छ । उहाका अनुसार ब्रतको दिन विवाहिता महिलाले वरको फेदमा सावित्रिको वालुवा अथवा माटोको मूर्ति बनाई पूजा अर्चना गर्नुपर्ने शान्त्रिय विधान रहेको छ ।

यसकारण व्रतको दिन वरको रुखमूनि स्थापना गरिएको सावित्रीको मूर्तिको पूजा अर्चना गर्ने गरिन्छ । ब्रतालुका अनुसार पूजा अर्चना गर्दा धुप दिप नैवेद्यका साथै सौभाग्य सामग्री , मौसमअनुसारको पाँच प्रकारको फल, भिजाएको चामल, अंकुुरीत चना, गुड र वाँसको पंखा अर्पण गर्ने परम्परारहेको छ । ब्रतालुले पूजा अर्चना समापन गरि रातभर भजन कृतन गर्ने , सावित्रि व्रत कथा श्रवण गर्ने गर्दछन् ।

भोलिपल्ट विहान स्थापना गरिएको सो मूर्तिलाई जलमा विसर्जन गर्ने अथवा ब्राम्हणलाई दक्षिणा दिई मूर्ति अर्पण गरि व्रत समापन गरिन्छ । तर यस वर्ष कोभिडका कारण वरको वृक्षमूनि पूजा गर्न सम्भव नभएकोले यस वर्ष बरको हाँगा ल्याई घरघरमा नै पूजाअर्चना गरिएको ब्रतालुको भनाइ छ । विशेष गरेर यो व्रत तराई मधेशका अधिकांश विवाहिता महिलाहरुले बस्ने गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);