सरकार पुनर्गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकार पुनर्गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

काठमाडौँ। वर्तमान सरकार गठनपछि पहिलो पटक मन्त्रिपरिषद्का बैठक जारी रहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने बताइएको छ।

कोरोना सक्रमणको दोस्रो लहर सुरु भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गर्ने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा वैशाख ३० गते नियुक्त गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);