मौसम : देशभर सामान्य देखि पूर्ण बदली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मौसम : देशभर सामान्य देखि पूर्ण बदली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांस भूभागमा मौसम सामान्य देखि पूर्ण बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “ताउ-ते” को प्रभाव रहेको छ ।

हाल देशभर सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);