आजको मौसम पूर्वानुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);