आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले नियुक्त गर्‍यो बिक्री प्रबन्धक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले नियुक्त गर्‍यो बिक्री प्रबन्धक

काठमाडौं, ४ चैत । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक विल्डिङ्ग विधिबाट साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी कम्पनिले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई, क्यापिटल लिमिटेड र प्रभु क्यापिटललाई नियुक्त गरिएको जानकारी दिएको छ ।

सर्वसाधारणलाई धेरै भन्दा धेरै सहभागी गराउने तथा ब्यापारीहरुलाई र कम्पनीमा आबद्ध ढुवानीकर्ताहरुलाई सहभागी गराउने उद्देश्यले आइपीओ ल्याइएको बताइएको छ ।

बजारमा रियल सेक्टरका कम्पनीहरु आएनन भन्ने सन्दर्भमा सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीयो सकारात्मक रहेको ग्लोबल आइएमी क्यापिटलका सिइओ पारसमणी ढकालको भनाई छ ।

७ सय ५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६ सय ७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टले जनाएको छ । बैशाखसम्म आइपिओ निष्कासन हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);