घोराही सिमेन्टले पायो आईपीओ जारी गर्ने अनुमति | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

घोराही सिमेन्टले पायो आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ले घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै अब घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्नेछ। कम्पनीले कुल कित्तामध्ये ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणले उक्त आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ।

यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ। स्थानीयले भने उक्त आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ। घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ छन्।

Leave a Reply

ताजा समाचार