एजेन्सी १३ चैत । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परेर २७ जना लडाकूको मृत्यु भएको छ ।
सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अन्य १८ लडाकू घाइते समेत भएका छन् ।
साथै त्यहाको सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत नष्ट गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने उल्लेख गरिएको छैन ।