फागुन १५ बिहिबार ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले शेयर बजार उच्च अङ्कले बढेको छ । नेप्से ४९।१५ अंकले बढेर २ हजार ८ सय १५ दशमलब ४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ११ अर्ब नाघेको छ ।
बिहिबार नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८ सय ३० विन्दुमा पुगेको थियो ।
बिहिबार सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।




