ह्यारी र मेगनको अन्तर्वार्ताबारे राजदरबारले आफ्नै किसिमले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ह्यारी र मेगनको अन्तर्वार्ताबारे राजदरबारले आफ्नै किसिमले सम्बोधन गर्ने

एजेन्सी, २६ फागुन । बेलायतको शाही निवास बकिंघम दरबारले राजकुमार ह्यारी र पत्नी मेगनले अन्तर्वार्तामा उठाएको विषयवस्तु निकै ’चिन्ताजनक’ भएको बताएको छ ।

बेलायती महारानी एलिजाबेथका तर्फबाट दरबारले जारी गरेको विज्ञप्तिमा राजकुमार ह्यारी र पत्नी मेगनले अन्तर्वार्तामा उठाएको विषयवस्तु निकै ’चिन्ताजनक’ भएको बताएको हो । अन्तर्वार्तामा उठाइएको विषयबस्तुमाथि दरबारले आफ्नै किसिमले सम्बोधन गर्ने जनाइएको छ ।

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले उक्त विज्ञप्ति जारी गरेको हो ।

दरबारद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्ला केही वर्ष ह्यारी र मेगनका लागि चुनौतीपूर्ण रहेको थाहा पाउँदा पूरै शाही परिवार निकै दुःखी भएको उल्लेख छ । दुवैले उठाएको विषय विशेषगरी रंगभेदसँग जोडिएको विषय निकै चिन्ताजनक रहेको र शाही परिवारले यसलाई निजी रुपमा सम्बोधनको प्रयास गर्ने विज्ञप्तिमा जनाइएको छ ।

ह्यारी र मेगनले छोरा आर्चीको छालाको रंगलाई लिएर दरबारमा टिप्पणी गरिएको आरोप लगाए पनि महारानी एलिजाबेथ र राजकुमार फिलिपले कुनै यस्तो टिप्पणी नगरेको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);