काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।
बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा आज गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारी टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।
साथै उहाँले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइ दिनुभएको छ ।